कोरोना कहर : नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रवेश निषेध

डिसी नेपाल
२६ फागुन २०७६ ८:३०

दोहा । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै यहाँको सरकारले १४ देशका नागरिकलाई प्रवेश निषेध गरेको हो ।

महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन,इजिप्ट, इरान, इराक,लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोकलगाउने निर्णय गरेको कतारको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ) ले जनाएकाे छ।

यो नियम मार्च ९ तारिख सोमबारदेखि लागु हुनेछ । आइतबार बेलुका सम्ममा कतारमा जम्मा १५ जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ जना आप्रावासी कामदार रहेको बताइएको छ । उनीहरुको राष्ट्रियताबारे भने खुलाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *