४ नेपालीलाई कोरोना संक्रमण, १ नेपालमै, ३ विदेशमा

डिसी नेपाल
२७ फागुन २०७६ ८:०९

काठमाडौँ । हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

विदेशमा रहेका ३ र विदेशबाट नेपाल भित्रिएका १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।

यूएईमा रहेका २, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका १ नेपालीलाई कोरोना संक्रमण भएको राजधानी दैनिकले खबर छापेको छ ।

यूएइले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार २ नेपालीसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको त्याहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *