७६ जिल्लामै पुग्यो एसइईको प्रश्नपत्र

डिसी नेपाल
२७ फागुन २०७६ १०:३०

काठमाडौँ । आगामी चैत्र ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को प्रश्नपत्र ७६ वटै जिल्लामा पुगेको छ।

अघिल्लो वर्ष पटक–पटक एसइइका प्रश्नपत्र आउट भएकाले यस वर्ष ६ तहमा सुरक्षा व्यवस्था गरी प्रशनपत्र जिल्ला सदरमुकाम पठाईएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष एसइइका लागि परीक्षा केन्द्रको संख्या पनि वृद्धि भएको छ ।

अघिल्लो वर्ष देशभरमा एक हजार नौ सय ६९ परीक्षा केन्द्र कायम गरिएको थियो । यो वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम गरिएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा एक सय १५ र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक–एक परीक्षा केन्द्र कायम भएको छ ।

यसवर्ष चार लाख ८२ हजार दुई सय १९ जना विद्यार्थीले एसइइ परीक्षा दिँदै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *