कोरोना त्रास : दयाहाङ अभिनित ‘नीरफूल’को प्रदर्शन स्थगित
काठमाडौं। चैत ७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नीरफूल’को प्रदर्शन स्थगित गरिएको छ। विश्वप्यापी रुपमा संक्रमण बढ्दै गईरहेको कोरोना भाइरस (कोभिड १९)को त्रासका कारण चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको हो।
निर्माण टिमले एक विज्ञप्तीमार्फत चलचित्र अब चैत ७ मा प्रदर्शन नहुने बताउँदै स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने जनाएको छ।
सञ्चारकर्मी फूलमान वल निर्देशित ‘नीरफूल’मा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइवा, जिग्मे छ्योइकी लगायतको अभिनय छ।
यसअघि फागुन ३० मा प्रदर्शन गर्ने भनिएको ’म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको थियो। कोरोना त्रासका कारण अन्य चलचित्र पनि पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नआउने देखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment