प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने संग्रौला डिस्चार्ज
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले डिस्चार्ज गरेको छ। मिर्गौला प्रत्यारोपण गरेको बुधबार आठौं दिन संग्रौलालाई डिस्चार्ज गरिएको हो।
गएको बुधबार प्रधानमन्त्री ओलीमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। संग्रौला बुधबार डिस्चार्ज भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभगरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना।’
सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला दाता भान्जी समीक्षा संग्रौला
स्वास्थ्य लाभगरी
अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना!— Bishnu Rimal (@BishnuRimal) March 11, 2020
No ads found for this position



डिसी नेपाल
Facebook Comment