नेपाली म्युजिक भिडियोमा समलिंगी महिलाको शारीरिक मोह

डिसी नेपाल
२९ फागुन २०७६ १०:३३

काठमाडौं। पछिल्लो समय नेपाली चलचित्रसँगै म्युजिक भिडियोमा पनि नयाँ नयाँ प्रयोग गर्न थालिएको छ । यही क्रममा नयाँ हालै सार्वजनिक भएको गीत ‘जुनेली रात’को म्युजिक भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ । म्युजिक भिडियोमा समलिंगी महिलाको कथा समेटिएको छ ।

स्मृति पोखरेलको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा स्वयं गायिका स्मृतिसँगै मोडल नम्रता पौडेल छन् । गीतको शब्द गोविन्द प्रयसाद उपाध्यायले लेखेका हुन् । अनिश श्रेष्ठको संगीत र कुमार गुरुङको एरेन्ज रहेको गीतको भिडियो ललितकुमार थापाले गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *