‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति चाँडै जानकारी दिनेछौं : पूजा शर्मा
काठमाडौं। कोरोना भाइरसको त्रास नभैदिएको भए फिल्म ‘म यस्तो गीत गाउँछु २’ भोलि अर्थात शुक्रबारदेखि प्रदर्शनमा आउँथ्यो।
तर, कोरोना भाइरसको त्रासले यो फिल्मलाई अनिश्चितकालका लागि पछाडि धकेल्यो। यद्यपी, अभिनेत्री पूजा शर्माले फिल्मको रिलिज मिति चाँडै सार्वजनिक गर्ने बताएकी छिन्। चलचित्रमा समावेश गीत ‘तिम्रो घरको वरिपरी’ले युट्युबमा १ करोड भ्युज पाएको खुसी साट्दै पूजाले रिलिज मिति चाँडै सार्वजनिक गर्ने बताएकी हुन्। उनले आफूहरुलाई साथ र माया दिने सम्पूर्ण दर्शकलाई धन्यवाद दिएकी समेत छिन्।
फिल्म रिलिज भएपछि करोड भ्यूज पाउने गीत धेरै छन्, ‘म यस्तो गीत गाउँछु २’ले रिलिजअगावै करोड भ्यूज पाएको हो। सार्वजनिक भएको दुई महिनामा गीतले करोड भ्यूज बटुलेको हो।
यस गीतमा अर्जुन पोखरेलको शब्द/संगीत छ। सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाको खिचेका हुन्। चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment