ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा

डिसी नेपाल
२९ फागुन २०७६ १४:१८

वासिङ्टन। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावको अनुमोदनका लागि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स समक्ष पेश गरेका हुन्।

ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “यो आर्थिक सङ्कट होइन, कोरोनाको सङ्कट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ।”

उनले अमेरिकी मजदूर, परिवार र व्यवसायमा कोरोनाभाइरसबाट पुगेको नोक्सानीको विवरण संकलन गर्न र आर्थिक सहायताको खाका तत्काल बनाउन साना व्यवसाय प्रशासनलाई आदेश दिएका छन्।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयलाई पनि कोराना प्रभावित व्यक्ति एवं व्यवसायले कर बुझाउनु पर्ने अन्तिम मिति अप्रिल १५ लाई परिवर्तन गर्न तथा व्याज वा जरिबाना नलिने व्यवस्था मिलाउन पनि निर्देश गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *