नायिका आँचल शर्माले गरिन् विवाह

डिसी नेपाल
२९ फागुन २०७६ २२:२१

काठमाडौं। नायिका आँचल शर्मा विवाह बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी उदिप श्रेष्ठसंग विवाह गरेकी हुन्।

डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले बिहीबार विवाहमा परिवर्तन गरेका हुन्। हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन्। आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन्।

विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन्।

चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन्।

-तस्वीर : आँचलको फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *