नायिका आँचल शर्माले गरिन् विवाह
काठमाडौं। नायिका आँचल शर्मा विवाह बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी उदिप श्रेष्ठसंग विवाह गरेकी हुन्।
डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले बिहीबार विवाहमा परिवर्तन गरेका हुन्। हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन्। आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन्।
विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन्।
चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन्।
-तस्वीर : आँचलको फेसबुकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment