विप्लव समूहविरुद्ध १० जिल्लामा प्रहरीको अप्रेशन

डिसी नेपाल
२९ फागुन २०७६ २२:२५

काठमाडौं। गृहमन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहले दशवटा जिल्लामा सैन्य गतिविधि बढाएको आशंकामा सुरक्षा निकायलाई निगरानी गर्न निर्दैशन दिएको छ। मन्त्रालयले एक हप्ता अघि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अति गोप्य भन्दै पठाएको निर्दैनमा दशवटा जिल्लाको विभिन्न भागमा सैन्य गतिविधि गरिरहेको जनाउदै निगरानी गर्न निर्दैशन दिएको हो।

मन्त्रालयले पूर्वका इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू, दाङ, कालिकोट, जुम्ला, सल्यानमा विप्लव नेतृत्वको समूहले सैन्य गतिविधि बढाएको आशंका गरेको हो। ‘ मन्त्रालयबाट दश जिल्लाका सुरक्षाकर्मी बढाउन निर्दैशन आएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

सरकारले आतंककारी गतिविधि गरेको आरोपमा एक वर्ष अघि सो समूहलाई गतिविधि गर्न रोक लगाएको थियो । त्यसपछि सरकारले करिब एक हजार पाँचसय भन्दा बढी नेता कार्यकर्ता पक्राउ गरिसकेको छ । प्रतिबन्ध लगाएको एक वर्षमा विप्लव समूहलाई क्षति भएको भनिए पनि गृहमन्त्रालयले सैन्य गतिविधि बढाएको हुनसक्ने आंशका गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आतंककारी गतिविध गर्ने जो कोही पनि सुरक्षा निकायको निगरानीमा हुने बताए । उनले मन्त्रालय मातहतका निकायलाई निर्देशन दिइरहनु नपर्ने बताएका छन् । यद्यपी एक हप्ता अघि मात्रै शान्ति सुरक्षामा महाशाखाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मुलुकका दश जिल्लाका विभिन्न स्थानमा निगरानी बढाउन निर्दैशन दिएको थियो ।

विप्लव समूहले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा आक्रमण गरेपछि २८ गते सरकारले उसलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । त्यसपछि सरकारले विप्लवसँग वार्ताको सट्टा उनका नेता–कार्यकर्तालाई पक्राउ गर्ने नीति लिएको थियो । सोही नीति अनुरुप हेमन्तप्रकाश ओलीसहित एक हजार पाँचस भन्दा बढी नेता कार्यकर्ता पक्राउ गरिसकेको छ ।

सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पुगेकै दिन बुधबार पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट गराएका थिए । त्यसको भोलीपल्ट बिहीबार धनुषाबाट एक बालिका अपहरण गरी उदयपुरको कटारी पुर्याएपछि प्रहरीले सर्च अप्रेशन मार्फत ती बालिकालाई सकुशल उद्धार गरेको थियो भने त्यहाँबाट १४ जना सो समूहका नेता कार्यकर्ता पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *