कोरोना जस्तै सरुवा रोगका लागि ३ सय शैय्याको अस्पताल बन्दै

डिसी नेपाल
३० फागुन २०७६ ८:१९

काठमाडौं। सरुवा रोगजस्ता कारणले धेरैजना एकै पटक बिरामी हुँदा बिरामीको ब्यवस्थापन गर्ने काम सरकारका लागि टाउको दुखाईको बिषय बनेको छ।

कोरोना भाइरसले यति बेला विश्वमै महामारीको रुप लिँदै गएका बेला नेपाल सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल समेत स्थानान्तरण गर्ने गरी ३ सय शैय्याको सरुवा रोग अस्पताल निर्माण तयारीगरेको छ ।

त्यसका लागि मन्त्रिपरिषदले सैद्धान्तिक सहमति पनि दिएको छ। अहिले अस्पताल बनाउनका लागि सरकारले स्थान खोजिरहेको छ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भवन जिर्ण बन्दै गएको छ।

अस्पताल सहरको मुख्य भागमा भएका कारण जोखिम भएको र अस्पतालको संरचना खराब भएकाले स्तानान्तरण गर्न लागिएको हो। २०३० सालमा निर्माण भएको अस्पतालकाे मुख्य भवन ४६ बर्ष पुरानो भएको छ।

बिसं १९९० सालमा झाडापखाला जस्तो सरुवा रोगले माहामारीका रुपमा फैलिएपछि सरुवा रोग नियन्त्रण गर्न स्थापना भएको उक्त अस्पतालको गत माघ १० गत्ते ८६ औँ जन्मोत्सब मनाइएको छ।

उपत्यकाको बढ्दो जनसंख्या र घना बस्तीबीचको सरुवा रोगको जोखिमलाई अन्त्य गर्न मन्त्रिपरिषदले सैद्धान्तिक सहमतिको निर्णय भएको र यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा मध्य एक ठाउँमा जग्गा उपलब्ध भए उचित हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *