नेहा धुपियाले ५ जना ब्वाइफ्रेण्डलाई एकैपटक धोका दिने युवतीको बचाउ गरेपछि…

डिसी नेपाल
३० फागुन २०७६ १०:३६

मुम्बइ। बलिउड अभिनेत्री नेहा धुपियालाई सामाजिक संजालमा निकै ट्रोल गरिएको छ । आजभोलि नेहा एमटिभीको शो ‘रोडिज रिभोल्युसन’मा जज छिन् । यही शोमा भनेको एउटा कुराका कारण उनी ट्रोलको शिकार भएकी हुन् । शोका क्रममा एक प्रतियोगीले आफूले गलफ्रेण्डलाई थप्पड हानेको बताएका थिए ।

ती प्रतियोगीका अनुसार उनकी गर्लफ्रेण्डका अन्य ५ ब्वाइफ्रेण्ड पनि थिए । ती प्रतियोगीको कुरा सुनेर नेहा भड्किइन् । उनले ती प्रतियोगीलाई ५ ब्वाइफ्रेण्ड राख्नु युवतीको रोजाइ भएको भन्दै युवतीको बचाउ गरिन् । यही कारण उनलाई सामाजिक संजालमा खिल्ली उडाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *