कोरोना त्रासकाबीच फिल्म ‘२ नम्बरी’को छायांकन शुरु

डिसी नेपाल
३० फागुन २०७६ ११:४९

काठमाडौं। कोरोना भाइरसको त्रासलाई मध्येनजर गर्दै चलचित्र निर्माता संघले सम्भव भएसम्म सम्पूर्ण चलचित्रको छायांकन रोक्न आग्रह गरिसकेको छ। तर, अहिलेसम्म कुनै पनि चलचित्रको छायांकन रोकिएको छैन्।

‘परदेशी २’ र ‘ए मेरो हजुर ४’को धमाधम छायांकन चलिरहेको छ। अब, अर्को चलचित्र पनि छायांकनमा निस्किएको छ। बिहीबारबाट दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र ‘२ नम्बरी’को छायांकन शुरु भएको हो। यो चलचित्रको पोखराबाट छायांकन सुरु गरिएको हो। चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेन (भुटानी अभिनेत्री)ले पहिलो दृश्य दिएका थिए।

चलचित्र ३५ दिनसम्म खिचिने र सम्पूर्ण छायांकन पोखरा आसपासमा हुने निर्देशक लामाले बताए। दुई साथीको कथामा निर्माण हुने चलचित्रमा दयाहाङ, उगेनका साथमा पल शाह, वर्षा राउत, बुद्धि तामाङ लगायतको अभिनय रहनेछ।

आउँदो वर्षको जनै पूर्णिमामा रिलिज हुने भनिएको चलचित्रको निर्मातामा रोहित कट्टेल र सरोज नेपाली रहेका छन्। चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने रत्न श्रेष्ठ यसको कार्यकारी निर्माता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *