कोरोना कहर : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । चीनबाट फैलिएको प्राणघातक भाइरस कोरोना (कोभिड–१९) को प्रकोप संसारभर देखिन थालेपछि नेपाल सरकारले वैदेशिक रोजगारीका लागि सबै मुलुकमा जाने नेपाली कामदारको अन्तिम श्रम स्वीकृतिमा रोक लगाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले तत्काल सबै मुलुकको लागि श्रम स्वीकृती दिन बन्द गरेको हो ।
सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विहिबार बसेको बैठकले अर्को सुचना जारी नभएसम्मका लागि बैदेशिक रोजगारीका लागि दिइने सबै देशको अन्तिम श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो।

कोरोना पछिल्लो समय खाडीमुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ। अहिेलसम्म मध्यपूर्वी सबै देशहरुमा यसका संक्रमित बिरामी भेट्एिका छन्।
केहिदिन अघिमात्रै कोरोनाको संक्रमण नियन्त्रण गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको थियो । त्यस्तै कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
कुवेतको मन्त्रिपरिषदको बैठकले कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान ठप्प गर्ने निर्णय गरेको छ । सरकारले देशभर सार्वजनिक बिदा घोषण गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment