लगानी सुरक्षित गरी नाफामा ‘आमा’

डिसी नेपाल
३० फागुन २०७६ १३:४५

काठमाडौं। फागुनको ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’ आजदेखि चौथो सातामा प्रवेश गरेको छ।

प्रदर्शनको चौथो सातामा प्रवेश गर्दै गर्दा निर्माणपक्षले एक विज्ञप्ती सार्वजनिक गर्दै चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा कमाएको जनाएको छ।

निर्देशक दीपेन्द्र के. खनाल र निर्माता शर्मिला पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, –‘चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समीक्षकहरुलाई निर्माण पक्ष हार्दिक धन्यवाद ब्यक्त गर्न गर्दछ।’ निर्माणपक्षले अहिलेको बिषय परिस्थितीमा समेत हलसम्म पुगेर चलचित्र हेर्ने दर्शकप्रति कृतज्ञता ब्यक्त गरेको छ।

मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतको अभिनय रहेको हस्पिटल ड्रामा चलचित्रलाई धेरैले रुचाएका छन्। चलचित्रको कथा निर्देशक खनाल स्वयमको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *