‘द लिडर’मा श्रृंखला खतिवडा पनि निर्णायक
काठमाडौं। पूर्वमिस नेपाल श्रृंखला खतिवडा टेलिभिजन रियालिटी शो ‘द लिडर’मा निर्णायकको भूमिकामा आउने भएकी छन्। उनी स्वयंमले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी छिन्।
‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’मिडियाले केही समयअघि कार्यक्रमको घोषणा गरेको थियो। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र निर्णायकमण्डलमा रहने बताइएको थियो। कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले संचालन गर्ने जानकारी दिइएको थियो। उनीहरुको उपस्थितीमा कार्यक्रमको घोषणा गरिएको थियो।
अब उक्त कार्यक्रमका लागि पूर्वमिस नेपाल खतिवडा पनि निर्णायकमा अनुबन्ध भएकी हुन्। श्रृंखलाले देशको लिडर छनोट गर्ने कार्यक्रममा जोडिन पाउँदा आफूलाई खुःसी लागेको बताएकी छिन्।
आउँदो मार्च २१ गते बाट अडिसनको तयारीमा रहेको कार्यक्रम युनिटले जनाएको छ। यद्यपी कोभिड–१९ को प्रभाव बढ्दै गए केही समयका लागि अडिसन स्थगन गर्न सक्ने पनि श्रृंखलाले उल्लेख गरेकी छिन्।
प्रतिस्पर्धीबाट ‘द लिडर’हुने विजेतालाई काठमाण्डौंमा अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment