‘लप्पन छप्पन २’ले सार्वजनिक गर्यो ‘झुसे बारुलो’
काठमाडौं। चलचित्र ‘लप्पन छप्पन २’को गीत सार्वजनिक गरिएको छ। वैशाखको १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा समावेश ‘झुसे बारुलो’ बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।
मिस्टर आरजेको शब्द तथा संगीत रहेको गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर छ। भिडियोका कोरियोग्राफर नरेशनाथ योगी हुन्।
मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, दीपक क्षेत्री, एन्जल श्रेष्ठ लगायतको मुख्य भूमिका छ। शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतले ‘लप्पन छप्पन २’मार्फत चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन्।
चलचित्रमा मुकुन्द भट्ट, सुनिल न्यूरे र अमित शर्माको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसी र मुकुन्द भट्टको एक्सन तथा मिलन श्रेष्ठको सम्पादन छ। चलचित्रमा चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलको लगानी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment