प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिँदै

डिसी नेपाल
३० फागुन २०७६ १६:४८

काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेको दशौ दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले डिस्चार्ज गर्ने भएको छ। अस्पतालले शुक्रबार प्रेस बुलेटिन जारी गर्दै शुक्रबार साँझ डिस्चार्ज गरिने जानकारी दिएको हो।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। शुक्रबार अस्पतालले बुलेटिन जारी गर्दै ओलीको स्वास्थ्य अवस्था सुधारिएको भन्दै डिस्चार्ज गर्न लागेको जानकारी दिएको हो।

ओलीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन्। उनलाई अस्पतालले गएको बुधबार डिस्चार्ज गरिसकेको छ।

पहिलो पटक २०६४ मा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको दोस्रो पटक शिक्षण अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो। मिर्गौला प्रत्यारोपणमा दर्जन बढि नेपाली चिकित्सकको टोली सहभागी थियो। ३९ मिनेटमा चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण सम्पन्न गरेका थिए।

ेअस्पतालबाट डिस्चार्ज भएपछि ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष व्यवस्था गरेर आराम गर्न लगाइनेछ। बालुवाटारमै विशेष व्यवस्था गरिएपछि उनलाई शुक्रबार साँझ डिस्चार्ज गर्न लागिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *