‘ब्रिटिस एअरवेज’द्वारा कर्मचारी कटौती गर्दै
main modal image
लण्डन । बेलायती विमान कम्पनी, ब्रिटिस एअरवेजले कोरोना भाइरसको प्रकोपका कारण सिर्जित पछिल्लो परिस्थितिलाई देखाउँदै कम्पनीले कर्मचारीको कटौती गर्न लागेको छ ।
विश्वव्यापी समस्याका रूपमा देखा परेको नयाँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार ८४ पुगेको छ भने यसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार ११७ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण सुरूमा चीन र पछि विश्वभर फैलिएको अवस्थामा यसको प्रभाव विश्व अर्थतन्त्रमा समेत पर्न थालेको छ ।
ब्रिटिस एअरवेजका प्रमुख कार्यकारी अलेक्स क्रुजले शुक्रबार भने, “कोरोना भाइरसको प्रकोपका कारण विश्वव्यापीरूपमा नै हवाई यात्राको मागमा कमी आएकोले कम्पनीले कर्मचारी घटाएर भएपनि कम्पनीलाई सङ्कटका समयमा टिकाउनका लागि कर्मचारी कटौतीको विकल्प देखिएन ।”
उनले आन्तिरिक छलफलमा प्रस्तुत लिखित प्रस्तावमा भने, “प्रस्ट भन्नुपर्दा परिवर्तित परिस्थितिमा हामीले हाम्रो वर्तमान कर्मचारी सङ्ख्या र रोजगारीका अवसरलाई छोटो समय वा कोरोना भाइरसको सङ्क्रमण लामो भएमा लामौ समय नै पनि गुमाउने अवस्था देखिएको छ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment