स्याङ्जाको लत्रेपिपलमा माझबिनी मेलाको झल्को

डिसी नेपाल
१ चैत २०७६ ८:४५

स्याङ्जा । गण्डकी प्रदेशको राजधानी पोखराबाट ३५ किलोमिटरको दुरीमा स्याङ्जा जिल्ला रहेको छ । पर्यटकीय तथा धार्मिक दृष्टिले ब्यापक सम्भावना बोकेको स्याङ्जा जिल्लामा दर्जनौं पर्यटकीय र धार्मिक स्थलहरु रहेका छन् । यसका अलवा यहाँको संस्कृतीले पनि जो कोहिको मन लोभ्याउन गर्दछ।

स्याङ्जामा गुरुङ, मगर, बाह्मण, क्षेत्री लगायत अन्य जातजातीका संस्कृतीहरुले झनै पर्यटक र स्थानीयहरु मोहित हुने गरेका छन् । स्याङ्जाको पर्यटन र कला, संस्कृती जोगाउन र स्याङ्जाको संस्कृतीलाई देश तथा विदेशमा चिनाउनका लागि यहाँका स्थानीय तहहरु र बिभिन्न क्लवहरु लागिरहेका छन्।

स्याङ्जाका बिभिन्न स्थानहरुमा पर्यटकलाई आकर्षित गर्नका बेलाबखत मेलाको आयोजना गरिरहेका हुन्छन् । जिल्लाका बिभिन्न स्थानहरुमा परम्परागत समयमा पनि बिभिन्न स्थलहरुमा मेलाहरुको आयोजना गर्ने गरिन्थ्यो । यसरी परम्परागत शैलीको मेला गरिने मध्येको एक ठाउँ हो स्याङ्जाको लत्रेपिपल । जहाँ परापूर्व कालमा ‘माझबिनी मेला’ को आयोजना गरिन्थ्यो ।

बहाकोट, कोल्मा, काउँले, राइपुर, टक्सार लगायतका स्थानहरुबाट स्याङ्जाको लत्रेपिपल माझ पर्ने र बिनी भनेको बिक्रि वितरण गर्ने भन्ने भएकाले यस स्थानमा त्यस समयमा ‘माझबिनी मेला’ को बिशेष आकर्षणको रुपमा रहेको थियो ।

सबै स्थानको माझ पर्ने र त्यहाँ स्थानीय कृषि उत्पादनहरु डोको, बासका बिविध सामाग्री र स्थानीय स्तरमा कफि, सुन्तला, आपँ, आदि इत्यादीको बिक्रि बितरण गर्ने गरि हाट बजार लाग्थ्यो ।

यसका अलवा स्थानीय कला संस्कृतीका लागि बिभिन्न समुदायका नृत्य तथा गीतहरुको प्रस्तुती दिएर रमाईलो गरिन्थ्यो । जसमा गुरुङ समुदाय र मगर समुदायको सालैजो, घाटु नाच, बाह्मण समुदायको भजन चुड्का, रोधी बसेर रमाईलो गरिने पुराना स्थानीयहरुको ठहर छ ।

त्यही माझबिनी मेलालाई निरन्तरा दिने झल्को मेटाउने गरी सोही स्थान लत्रेपिपलमा एक सांस्कृतिक मेलाको आयोजना गरिएको छ । लत्रेपिपल क्लवले सम्पन्न गरेको सांस्कृतिक मेलाले पुरानो माझबिनी मेलाको झल्को मेटाइदिएको स्थानीय कमल कान्त उपाध्याय बताउँछन् । क्लवले गरेको यो सांस्कृतिक कार्यक्रमले वुढापाका देखि तन्देरी पुस्तासम्मलाई उक्त मेलाको आभाष भएको उपाध्याय बताउँछन् ।

क्लवले बिगत ३ बर्षदेखि यस प्रकारको सांस्कृतीक मेलाको आयोजना गर्दै आएको छ । बिगतका बर्षका एक दिनको मेला आयोजना गर्दै आएको क्लवले यस पटक २ दिनको मेला आयोजना गर्दा पनि दर्शकको साथ सहयोग पर्याप्त पायो ।

गाउँठाउँमा कोहि पनि नबस्ने, पुराना संस्कृतीहरु बिर्सदै र हराउँदै गईरहेका बेला पुराना संस्कृती र बचाउका लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष धुब्र शर्माले जानकारी दिए । गाउँघरमा एक समय निकै लोकप्रिय रहेको ‘छेलो’ हान्ने प्रतियोगिताले पनि कार्यक्रममा थप रौनक थपेको शर्माले बताए ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ३ ढडुवामा गरिएको उक्त मेलामा राष्ट्रिय स्तरका चर्चित स्याङ्जाली कलाकार एवं गायक पशुपति शर्मा, खुमन अधिकारी र घनश्याम रिजाल लगायतको प्रस्तुतीले दर्शकको मन जितेको थियो । सधै भरी टिभिको स्किनमा देख्ने गरेको शर्मा र अधिकारीलाई आफ्नै आखाँ अगाडी देख्न पाउँदा लत्रेपिपलबासी दगं देखिन्थे ।

कार्यक्रममा अर्को महत्वपूर्ण प्रस्तुतीका रुपमा रहेको इन्द्रेणी टिमले पनि दमदार प्रस्तुती मात्र पस्कन अपांगता भएका ब्यक्तिहरुका लागि सहयोग उठाएरु उनीहरुको घाउँमा मलम समेत लगायो । यसका साथै स्थानीय कलाकारहरु सनम भुजेल, रमेश शर्मा, दिनेश मरासिनी, युनाइटेड ब्राण्ड बाडखोला, समर्थक ब्याण्ड पुतलीखेत लगायतको प्रस्तुती पनि लोभलाग्दो थियो ।

परापूर्व कालमा सञ्चालन हुने माझबिनी मेला जस्तै प्रकृतिको आयोजना गर्न नसकेपनि त्यसको झल्को दिने गरी सञ्चालन गरिएको यस मेलाले स्थानीय मन जितेको छ ।

जिल्ला र केन्द्रमा हुने गरेका यस्तै अन्य सांस्कृतिक कार्यक्रमहरुमा टिकटको व्यबस्था गरिएपनि क्लवको यस कार्यक्रममा निशुल्क प्रवेशको व्यबस्थाले पनि क्लवले स्थानीयको थप साथ पाएको छ । अब आगामी दिनका कार्यक्रमहरुमा मौलिक संस्कृती, स्थानीय उत्पादको बिक्रि बितरणमा जोड, पर्यटन प्रबद्र्धन र आफ्नो गाउँमा धेरै पर्यटकहरु भित्राउने उद्देश्यलाई अझ वृहत बनाउँदै मेलाको आयोजना गरिने क्लवका अध्यक्ष धुब्र शर्माले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *