आज र भोलि मेघ गर्जनसहित असिना–पानी पर्ने सम्भावना

डिसी नेपाल
१ चैत २०७६ १०:०२

काठमाडौँ । आज नेपालका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायूको प्रभावका कारण आज देशको उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, चैत २ गतेपनि मेघ गर्जनसहित पानी पर्ने छ ।

यस्तै, चैत ३ गते अर्थात सोमबारदेखि पश्चिमी वायूको प्रभाव कम हुँदै जाने र मौसमा पूर्ण रुपमा सुधार आउने महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान तालिका

चैत्र ०१ गते (शनिबार)

दिउँसोः देशका पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/ चट्याङ्ग र असिना/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र ०२ गते (आईतबार)

दिउँसोः देशका पहाडी भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आन्शिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आन्शिक बदली रहनेछ।

चैत्र ०३ गते (सोमबार)

दिउँसोः देशभर आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *