कोरोना त्रास : ओमनका शैक्षिक संस्था एक महिनाका लागि बन्द
मस्कट । ओमनले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सबै शैक्षिक संस्था एक महिनाका लागि बन्द गरेको छ ।
सरकारले अभिभावकहरुलाई यस अवधिमा विद्यार्थीलाई घरमै राख्न आग्रह गरेको छ।
ओमनमा हालसम्म १९ जनामा यसको संक्रमण भेटिएको छ। ओमनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु इरानको यात्रा गरेर फर्केका थिए । संक्रमित मध्ये ९ जना उपचारपछि पूर्ण रुपमा निको भएको मन्त्रालयको भनाइ छ ।
त्यस्तै केहि संकास्पद विरामीको विशेष निगरानीमा उपचार भैरहेको छ । ओमनले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न एक उच्चस्तरीय समिति बनाएको छ । ओमनमा करिब २० हजार नेपाली कार्यरत छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment