चीनबाट मास्क ल्याई कालोबजारी गर्ने ८ जना पक्राउ
काठमाडौं । चर्को मुल्यमा बेच्नको लागी लुकाएर चाइनाबाट ल्याउदै गरिएको ७८ हजार २ सय पिस मास्कसहित ८ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।
बजार मुल्य ३ रुपैया पर्ने मास्कलाई ३१ रुपैयाँमा बेच्नको लागी लुकाएर राखेको मास्क प्रहरीले बरामद गरेको छ । ८ जनाको समुहले मन्जुश्री सप्लायर्स कम्पनी प्रयोग गरी मास्क तथा सेनिटाइजर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई डल्लुबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका ८ जनालाई कालोबजारी कारबाही अन्र्तगत मुद्दा चलाईने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बजारमुल्य भन्दा २० प्रतिशत मुल्य बढाएर कुनै सामग्री किनबेच गर्न पाइदैन ।
यसरी धेरै नाफा खाएर बेच्न पाइन्न, बजारमा अभाव सिर्जना गराएर कालोबजारी गर्नेलाई हामिले खोजी खोजी कारवाही गर्ने प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार ८ जना प्रहरी हिरासतमा छन् ।
उनीहरुले यसअघि पनि मास्क र खेलकुदका सामग्रीको खरिदबिक्री गर्दै आएका थिए । डिएसपी बोगटीका अनुसार पक्राउ पर्नेहरु काठमाडौ नागार्जुनका अनिश कार्की, उज्ज्वल अधिकारी, गोदामका मालिक मिन्टु तामाङ, काभ्रेका मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय लगायत छन् ।
Chat Conversation End
प्रतिक्रिया
Facebook Comment