पतिलाई कोरोना लागेपछि क्‍वारेन्टाइनबाट पत्‍नी टाप, घर पुगेर खेलिन् होली

डिसी नेपाल
२ चैत २०७६ ६:४६

नयाँदिल्ली । भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी पत्नी त्यहाँबाट भागेकी छन् ।

शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछि सरकारले उनको खोजी गरेको थियो । बेंग्लुरुबाट उनी जहाजबाटै दिल्ली र रेलबाट आग्रा पुगेको बताइएको छ । साथै उनले अभिभावकसँग होली समेत मनाएको भेटिएको हो ।

२५ वर्षीया ती महिलालाई सरोजिनी नैदु मेडिकल कलेजस्थित आइसोलेसन वार्डमा लगी परीक्षण गरिएको छ । तर परीक्षणको रिपोर्ट सार्वजनिक भइसकेको छैन । साथै रेलवे अधिकारीहरुले उनका बावु र बहिनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन् ।

गुगलका कर्मचारी रहेका उनका पति र ती महिला हालै इटलीबाट हनिमुन मनाएर फर्किएका थिए । उनका पतिलाई कोरोना संक्रमण पुष्टि भएपछि बेंग्लुरु अस्पतालमा लगिएको छ । श्रीमानलाई पनि संक्रमण देखिएको थाहा पाएपछि ती महिला क्वारेन्टाइनबाटै भागेकी हुन् ।

भारतमा ८० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । तर दुईजनाको मृत्यु भइसकेको छ । दिल्लीमा एक ६८ वर्षीया महिला र उत्तर कर्नटकामा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका अधिकांश देशमा फैलिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *