भ्रष्टाचार र ढिलासुस्ती रोक्न प्रदेश-२ मा ‘जनलोकपाल’ विधेयक पारित

डिसी नेपाल
२ चैत २०७६ ६:५७

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको बैठकले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको हो।

प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकाशित भएपछि प्रदेश ‘जनलोकपाल ऐन २०७६’ को नाउँले कार्यान्वयनमा आउने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *