गायक पशुपतिको ‘दुईटा हात्ती’
काठमाडौं। लोकप्रिय गायक पशुपति शर्माले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। केही दिन अगाडी कोरोना भाइरस विरुद्धको जनचेतनामूलक गीत ल्याएका पशुपतिले हालै ‘दुईटा हात्ती’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका हुन्।
गीतमा पशुपति, सिता केसी र ज्योति लोहनीको स्वर छ। गीतको शब्द तथा संगीत पशुपति स्वयंमको हो। कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा पशुपति, सिता र ज्योतिको नै अभिनय हेर्न सकिन्छ।
दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment