भारतमा कोरोनाका संक्रमितको संख्या बढ्यो
काठमाडौं। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमित विरामीको संख्या लगातार बढेको छ। आइतबार दिउँसोसम्म १०८ जना संक्रमित भएको पुष्टि भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।
भारतमा हालसम्म दुईजनाको मृत्यु भएको छ। यस्तै ११ जना उपचारपछि घर फर्किएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतमा महाराष्ट्र राज्यबाट सबैभन्दा धेरै कोरोना संक्रमितको मामिला आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि भारतमा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आइतबार सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समाफर्त छलफल हुँदैछ। सो छलफलपछि सार्क राष्ट्रहरुले सँयुक्त रणनीति तय गर्ने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment