वैशाखदेखि डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ हुने

डिसी नेपाल
३ चैत २०७६ ९:२६

काठमाडौँ । द भ्वाइस अफ नेपाल’,‘हिमालय रोडिज’ जस्ता चर्चित रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब, विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ।

वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको छ।

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ।

गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रूपमा रहेका छन्।

उनीहरूलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन्।

एक जना प्रतिष्पर्धीका लागि एकजना कोरियोग्राफर हुनेछ। कार्यक्रमको उद्घोषण सुमन कार्कीले गर्नेछन्। निर्णायकको रूपमा गौरी मल्ल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *