११ किलो गाँजासहित २ जना पक्राउ

डिसी नेपाल
३ चैत २०७६ १२:५१

सर्लाही । सर्लाहीमा ठुलो मात्रामा गाँजासहित २ जना पक्राउ परेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका—१ लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलो सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका–१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय राम प्रताप यादव रहेका छन्।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज।३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *