जफत गरिएको मास्क बेच्न महान्याधिवक्ताद्वारा बाटो खुला, शिघ्र बजारमा आउँदै

खेमराज थापा
३ चैत २०७६ १६:५२

काठमाडौं। कोरोना भाइरसको प्रकोपसँगै बजारमा सर्जिक मास्कको कालोबजारी शुरु भयो। यस्तै यस्तै प्रतिकुल समयमा कालोबजारी गरेर कमाउन पल्केका व्यापारीले बजारमा सर्जिकल मास्क लुकाएर मूल्य बढाएपछि प्रहरीले मास्क कालोबजारीविरुद्ध अभियानै नै चलाएको छ।

पछिल्लो दिनहरुमा प्रहरीले विभिन्न स्थानबाट करिब १२ लाख पिस मास्क बरामद गरेको छ। बजारमा मास्क छैन, प्रहरीकोमा माक्स थन्किएको छ। प्रहरीले जफत गरेको मास्क कानूनी प्रक्रिया पूरा नगरी बजार आउन नसक्ने भएपछि सोमबार महान्याधिवक्ताको कार्यालय प्रहरीलाई सो मास्क बजारसम्म पुर्याउन सहजताका लागि बाटो खोलिदिएको छ।

महान्यायधिवक्ता अग्नि खरेलले सोमबार जफत गरिएको मास्क साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य संस्थाबाट जफत गरिएको मास्क बजारमा बेच्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

महान्याधिवक्ताको निर्देशनअनुसार जफत गरिएको सो मास्क बजारमा पठाइने प्रहरी प्रवक्ता डीआईजी शैलेष थापाले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘सो मास्क बेचेर आउने पैसा प्रहरीको धरौटी खातामा जम्मा हुनेगरी बजारमा शिर्घ पठाउँ छौं।’ उनले कहिलेबाट जफत गरिएको मास्क बजारमा जान्छ भन्ने विषयमा भन्न नसकिने तर छिटै बजारमा जाने बताए।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले प्रहरीसँग हाल जफत गरिएको करिब १२ लाख मास्क रहेको जानकारी दिए। उनले महान्यायधिवक्ताले सो मास्क बजारमा बेच्नका लागि बाटो खोले पनि मुद्दा हेर्ने अधिकारीको आदेशपछिमात्र सो मास्क बजारमा पठाउन सकिने बताए।

उनले यो विषयमा सरकारको नीतिअनुसार नै प्रहरीले काम गर्ने बताए। उनले डिसी नेपालसँग भने, ‘मास्क बजारमा पठाउन महान्यायधिवक्ताले केही सहजता त बनाउनु भएको छ, तर डिलरलाई दिने की कसलाई दिने भन्ने सरकारको नीतिअनुसार नै हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *