काेराेना संक्रमण : लेकसाइडमा सहायता कक्ष

डिसी नेपाल
४ चैत २०७६ १५:३४

चिप्लेढुङ्गा। गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो। पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराहीचोकमा डेस्क स्थापना गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्।

गुरुङले लेकसाइड पर्यटकको प्रमुख केन्द्र भएकाले स्वास्थ्य सतर्कताका लागि हेल्थ डेस्क राखिएको बताइन्। हेल्थ डेस्कमा कोरोनाको लक्षण, बच्ने उपायलगायतका बारेमा स्वास्थ्यकर्मीसहित सचेतनामूलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए।

यसअघि पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेस्क स्थापना गरिसकेको छ। महानगरका विभिन्न वडामा जनप्रतिनिधि एवं सामाजिक सङ्घ संस्थाले कोरोनाविरुद्धको सचेतना कार्यक्रमलाई तीव्रता दिएका छन्।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेशसभा सदस्यलगायतले पोखरामा विभिन्न स्थानमा सचेतनाका लागि पर्चा पम्लेट वितरण गर्दै स्वास्थ्य सतर्कता अभियानालाई जोड दिँदै आएका छन्।

प्रदेशका कोभिड सङ्क्रमणको लिइएका परीक्षणमा अहिलेसम्म कसैको पनि सङ्क्रमण भएको नपाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए। उनले कोरोना सङ्क्रमण रोक्न प्रदेशभित्र ८० श्यया आइसोलेसन वार्ड तयार गरिएको र उपचारको तयारीका लागि १२ वठा समिति गठन गरिएको बताए।




प्रतिक्रिया

One thought on “काेराेना संक्रमण : लेकसाइडमा सहायता कक्ष

  1. health desk Sahid Chowk, Bulaidi ma rakhniparxa kaha Barahi Chowk ma ??? Ekatira aadhi arkotira jholungo vayena ra ??? Pokhara Airport, tourists bus park, Prithwi Chowk purano bus park ma rakhnuparni haina ra vanya ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *