विश्वविद्यालयका पनि परीक्षा स्थगित

डिसी नेपाल
५ चैत २०७६ २०:०८

काठमाडौं । सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए।

नेकपा सचिवालयको बैठकपछि सरकारले यसअघि एसईई पनि स्थगित गर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *