पशुपतिनाथ मन्दिर परिसरमा कोरोना बिरुद्ध शून्य सतर्कता

धनकुमार कार्की
७ चैत २०७६ ९:१८

काठमाडौँ। हिन्दुहरुको आरध्यदेव श्री पशुपतिनाथ क्षेत्रमा भक्तजनहरुको संख्यामा केही कमी आएको छ। भक्तजनको संख्यामा कमी आएपनि पशुपतिमा कोरोना बिरुद्ध खासै सजगता नअपनाएको सर्वसाधारणले गुनासो गरेका छन।

बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को कारण यतिबेला सबैतिर त्रासको वातावरण सिर्जना भएका बेला पशुपति क्षेत्रमा पनि भक्तजनहरुको उपस्थिती केही मात्रामा कम भएको हो।

सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना सम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले कोरोनाप्रति सजगता अपनाउँदै अत्यावस्यक काम बाहेक कसैलाई पनि घर बाहिर नजान अपिल सहितको आदेश जारी गरेको छ।

सरकारद्वारा जारी १५ बुँदे आदेशमा कोरोनाको संक्रमणबाट जोगिन सकमाजिक, सांकृतिक र यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्च, मस्जिद, लगायतका धार्मिक तथा सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला नहुन सर्वसाधारणका लागि अपिल सहितको आदेश जारी गरेको छ।

आदेश जारी गरेसँगै सर्वसाधारणहरु सचेत भएका छन। पशुपतिक्षेत्रमा भक्तजनहरुको उपस्थिति निकै कम देखिन्थ्यो। हिजोसम्म भक्तजनहरुको निकै भिड हुने पशुपतिक्षेत्रमा सरकारले जारी गरेको १५ बुँदे सुरक्षा सम्बन्धी अपिलसहितको आदेशसँगै भक्तजनमा कमी आएको पशुपति मन्दिर परिसरका सुरक्षाकर्मीले डिसी नेपाललाई बताए।

सर्वसाधारणको भिड हुने पशुपतिमा कोरोनासम्बन्धी कुनै सतकर्ता नअपनाएर पशुपति क्षेत्र बिकास कोषले लापरबाही गरेको भक्तजनहरुले गुनासो गरेका छन। यस बिषयमा कुरा गर्न पशुपति क्षेत्र विकाश कोषमा जाँदा कोरोनाको कारणले बिशेष सुरक्षा अपनाएको भन्दै कसैलाई पनि प्रबेश गर्न नदिने माथिको आदेश रहेको गार्डले प्रवेश गर्न दिएनन।

यसैगरी भारतमा कोरोनाको संकमण बढ्दै गएपछि भारतीय भक्तजनहरुमा भने कमी आएको छैन। पछिल्लो समय पशुपति दर्शनको बाहना बनाएर भारतीयहरु नेपाल प्रबेश गर्नेहरु वृद्धि भएको नाम उल्लेख नगर्नेशर्तमा पशुपति धर्मशाला गौशालाका एक कर्मचारीले डिसी नेपाललाई बताए।

विशेष गरी भारतबाट आउने भक्तजनहरु बिहानको समयमा बढी देखिएको प्रत्यक्षदर्शीले पनि बताए। अध्यागमन बिभागको तथ्याङ्कअनुसार पछिल्लो १७ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै करिब ५ हजार भारतीय पर्यटक भित्रिएका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *