गायिका कनिका कपूरलाई कोरोनाभाइरस संक्रमण, बिना जाँच एयरपोर्टबाट भागेर घर पुगिन्

डिसी नेपाल
७ चैत २०७६ १४:५८

लखनउ। बलिउडकी चर्चित गायिका कनिका कपूरलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनी १५ मार्चमा लण्डनबाट लखनउ आएकी थिइन् । उनी विमानस्थलबाट बिना जाँच भागेर घर पुगेको भारतीय मिडिया आज तकले लेखेको छ । उनी विमानस्थलका कर्मचारीँगको मिलेमतोमा बिना जाँच शौचालयको बाटो भागेर घर पुगेकी थिइन् ।

कनिकाले सोही दिन राती लखनउको ग्यालेन्ट अपार्टमेन्टमा एउटा पार्टीसमेत राखेकी थिइन् जसमा लखनउका कैयौं ठूला अधिकारी र कैयौं नेता सहभागी भएका थिए । यो घटना सार्वजनिक भएपछि अहिले पूरै अपार्टमेन्टमा हाहाकार मच्चिएको छ । यहाँ जो कोही डराइरहेका छन् । घरेलु कामदारका साथै पार्टीको लागि आएका कामदार सबै त्रसित छन् ।

कनिका लखनउको ताज होटलमा समेत बसेको केही रिपोर्टमा दावी गरिएको छ । शालिमार ग्यालेन्ट अपार्टमेन्टमा बस्नेहरु अब यो भवन छाडेर अन्यत्र गइरहेका छन् । कनिकाको पूरै परिवार यही अपार्टमेन्टमा बस्छन् । अहिले उनको पूरै परिजारलाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य विभागले कनिकाको सम्पर्कमा रहेका सबैलाई फोन सम्पर्क गर्ने प्रयास गरिरहेको छ र कनिकालाई सेल्फ आइसोलेसनमा रहन भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *