प्रदेश २ को राजधानी लहानलाई बनाउन माग

डिसी नेपाल
७ चैत २०७६ २१:५८

लहान । प्रदेश २ को राजधानी सिरहाको लहानलाई बनाउनुपर्ने माग गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । प्रदेश २ को राजधानीसम्बन्धी प्रदेशसभामा दर्ता भएको प्रस्ताव असफल भएपछि सिरहाको लहानलाई प्रदेश २ को राजधानी बनाउनुपर्ने माग गर्न थालिएको छ ।

प्रदेश नं २ को राजधानी जनकपुरघाम र वीरगञ्जको प्रस्ताव अस्वीकृत भएपछि लहानवासीको तर्फबाट विजयकुमार गुप्ताले प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री लालबाबु राउतलार्ई ज्ञापनपत्र बुझाउँदै राजधानी बनाउन माग गरेका हुन् । लहान मधेश आन्दोलनको मुख्य केन्द्र रहेको र प्रथम शहीद पनि लहानबाट सहादत भएको ठाउँ भएकाले यसलाई नै राजधानी तोक्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *