आफू कोरोना संक्रमित भएको जानीजानी पार्टीमा गएको भन्दै कनिका कपूरविरुद्ध मुद्दा

डिसी नेपाल
८ चैत २०७६ ९:२२

मुम्बइ। बलिउड गायिका कनिका कपुरविरुद्ध मुद्दा परेको छ । कोरोनाभाइरस संक्रमित भएकी गायिकाले आफू संक्रमित भएको जान्दाजान्दै थुप्रै मानिसहरु भेला भएको पार्टीमा गएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको हो । एफआइआरमा उनी बेलायतबाट फर्किंदा नै एयरपोर्टमै कोरोनाभाइरस पोजेटिभ देखिएको दावी गरिएको छ ।

कनिका ९ मार्चमा बेलायतको लण्डनबाट भारतको अहमदाबाद आएकी थिइन् । कनिकाले चरम लापरबाही गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीविरुद्ध आइपिसीको धारा १८८, २६९ र २७० लाई टेकेर मुद्दा दर्ता गरिएको हो। यो धारामा लापरबाहीका साथै संक्रमण फैलाएर अर्काको ज्यानलाई संकटमा पार्ने उल्लेख छ।

उनले विमानस्थलमा चेकजाँच नगराइएको भन्दै आलोचित बनेकी थिइन्। उनी विमानस्थलमा चेकजाँचबाट जोगिन ग्राउण्ड स्टाफसँगको मिलेमतोमा एयरपोर्टबाट भागेको दावी गरिएको थियो । लण्डनबाट फर्किएर क्वारेन्टाइनमा नबसी विभिन्न पार्टीहरुमा सहभागीसमेत बनेकी उनको भारतभर आलोचना भइरेहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *