कतारमा नेपालीसहित क्याम्पमा रहेका आप्रवासी भयानक खतरामा रहेको एम्नेष्टीको रिपोर्ट

डिसी नेपाल
८ चैत २०७६ ११:०५

काठमाडौं। मानव अधिकारको क्षेत्रमा विश्वव्यापी रुपमा काम गर्ने संस्था एम्नेष्टी इन्टरनेशनलले कतारमा रहेका नेपालीसहितका आप्रवासी कामदारहरु भयानक खतरामा रहेको रिपोर्ट सार्वजनिक गरेको छ । राजधानी दोहाको औद्योगिक क्षेत्र जहाँ ठूलो संख्यामा आप्रवासी कामदारहरु बस्छन्, यो क्षेत्रमा कयौंको संख्यामा आप्रवासी कामदारहरु संक्रमित भएपछि पूरै क्षेत्रलाई लकडाउन गरिएको छ ।

लकडाउनको रिपोर्टप्रति प्रतिक्रिया दिँदै एम्नेष्टी इन्टरनेशनलको ग्लोबल इस्यूका डेपुटी डाइरेक्टर स्टिभ ककबर्नले भने ‘कोभिड १९ को महामारी फैलिनबाट रोक्न पूरै विश्वले संघर्ष गरिरहेका बेला कतार र यस्तै अन्य स्थानमा फसेका आप्रवासी कामदारहरु भाइरसको ठूलो जोखिममा छन् । श्रमिकका शिविरहरु डरलाग्दो तरिकाले भरिएका छन् । पर्याप्त पानी र सरसफाइको अभाव हुनु भनेको कामदारहरु आफूलाई भाइरसबाट जोगाउन कम सक्षम हुनु हो । शिविरमा रहेका कामदारहरुको एक अर्काप्रतिको निकटताले पनि सामाजिक दूरी बढाउन मिल्दैन ।’

उनले अगाडि भने ‘कतार सरकारले कोभिड १९ को नियन्त्रणको लागि गर्ने हरेक प्रयासमा मानवअधिकारलाई केन्द्रमा राख्नुपर्छ । सबै मानिसहरुले स्वास्थ्य सेवामा पहुँच पाउनुपर्छ । बिना भेदभाव सबैले प्रतिरक्षात्मक सुविधा र उपचार सेवा पाउनुपर्छ ।’ एम्नेष्टी इन्टरनेशनलले कतार लगायतका खाडी राष्ट्रहरुलाई आप्रवासी कामदारहरु भविष्यका सीमान्तकृत वर्ग नबनुन् भनी सचेत बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *