लण्डनबाट नेपाली महिलाले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरिन्

डिसी नेपाल
१० चैत २०७६ ८:१६

काठमाडौं। बेलायतको लण्डनमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गर्दै सबैलाई ससचेत बन्न आग्रह गरेकी छिन् । उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन् । उनले अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन् ।

लम्जुङ तारकुघाटकी भगवती रानाभाटले फेसबुकमा आफू उपचाररत रहँदाको फोटो पोस्ट गर्दै यो जानकारी दिएकी हुन् । उनले लेखेकी छिन् ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुने छ। हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध।’




प्रतिक्रिया

4 thoughts on “लण्डनबाट नेपाली महिलाले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरिन्

  1. I am stunned to hear this sad news . The only thing I request to all to keep pray to Lord SHIVA the Gayatri Mantra and to Lord HANUMANJI the Sankastanasan Mantra .
    This is the best way to be on the shelter of God for saving from this Corona disaster.
    I pray fo God for the victims quickly recovery.
    Nirmal Sharma in USA

Leave a Reply

Your email address will not be published. Required fields are marked *