क्यानडामा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन एनआरएनएको अपिल

डिसी नेपाल
१० चैत २०७६ ११:००

टोरोन्टो । महामारीको रुपमा फैलदै गएको कोरोना भाइरका कारण अहिले विश्वले ठूलो जनधनको क्षेति व्यहोर्नु परेको छ भने विश्वको वातावरण कोलाहल र त्रासपूर्ण बन्न पुगेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसले अहिले युरोप, अमेरिका र मध्यपूर्वी देशहरुमा हजारौंको ज्यान लिइसकेको छ भने अर्थव्यवस्था पनि तहसनहस नै बनाइदिएको छ । क्यानडामा पनि पछिल्लो समयमा यसको प्रभाव बढ्दै गएको छ ।

यो समाचार तयार पार्दा सम्म क्यानडा भरिमा २० जनाले ज्यान गुमाइसकेका छन् भने १४ सय ७० भन्दा बढी व्यक्तिमा यो भाइरस देखिएको क्यानडाको सरकारी वेभसाइडको तथ्यांकले देखाएको छ । यसबाट अहिले सम्म ब्रिटिस कोलम्वियामा सवैभन्दा बढी नोक्सानी पुगेको छ । त्यहाँ अहिले सम्ममा १० जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय २४ जनामा यो भाइरस देखिएको पुष्टि भएको छ । यस्तै क्युवेकमा ५ जनाको मृत्यु, २०२ जना विरामी, ओन्टारियोमा ३ जनाको मृत्यु, ३ सय ७७ जना विरामी, अल्वर्टामा १ जनाको मृत्यु र २ सय २६ जना विरामी भएको पुष्टि भएको छ ।

यो अहिले बढ्दो क्रममा छ । क्यानडा सरकारले इमर्जन्सी अफ स्टेट लगाएर सवै सिमाना बन्द गरि बाहिरी पर्यटकको आगमनमा समेत बन्देज लगाइसकेको छ । तर मृत्यु हुने र विरामीको संख्या अझै बढ्दो क्रममा छ । क्यानडामा बसोवास गर्ने सवै नेपालीहरु अहिले सम्म सुरक्षित नै रहेको एनएनए क्यानडाले जनाएको छ । उच्च सतर्कता अप्नाउदै घरैमा बसेर काम गर्न, आवश्यक्तता भन्दा बढी बाहिर सकेसम्म हिडडुल नगर्न, भिडभाडमा नजान सवै नेपाली समुदायमा एनआरएनए क्यानडाले अपिल गरेको छ ।

नेपाली समुदायमा आउनसक्ने संभावित विपत्तीलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रिय हेल्पडेस्क मार्फत स्वास्थ्यकर्मी र विज्ञहरुको टोलीको सहयोगलाई तयारी अवस्थामा राखेको एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले बताए । भविष्यमा आइपर्न सक्ने आपत्तकालिन समयका लागि अन्य सहयोग जुटाउने तयारि भइरहेको अध्यक्ष चिरन्जिवी घिमिरेले जानकारि दिएका छन् । कुनै विपत्तीको समयमा एनआरएनए क्यानडाको टोल फ्रि नम्बर १८००६२७९०२६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यसैविच भाइरसको प्रकोप बढेसंगै क्यानडा सरकारले आफ्नो नागरिकको आपत्तकालिन व्यवस्थापनका लागि ८२ विलियन क्यानेडियन डलर संगै विभिन्न राहत र सहुलियतका कार्यक्रमहरु पनि घोषणा गरेको छ । जस अनुसार प्रकोपका कारण व्यापार व्यवसाय वा जागिर, अथवा कुनैपनि सेवा सुविधा त्याग्नु पर्ने अवस्थामा, घर जग्गाको महिनावारि भुक्तानी ६ महिना सम्मका लागि छुट दिने छ भने वेरोजगारी भत्ताको रुपमा पाउने सरकारी सहुलियतका लागि आवेदन खुला गरेको छ । क्यानडामा रहेका विभिन्न कम्पनीहरुले पनि आ आफ्नो तर्फबाट सहुलियत दिने घोषणा दिने बताएका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले अनुरोध गरेसंगै अतिव्यस्त मानिने सहरहरुपनि सुनसान देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *