भारतबाट कैलालीको त्रिनगरमा आएका नागरिकको विवरण संकलन

डिसी नेपाल
११ चैत २०७६ १३:४२

काठमाडौं । कैलालीको त्रिनगर नाकामा भारतबाट आएका नेपाली नागरिकको विवरण संकलन कार्य शुरु भएको छ । आज विहान सुरक्षाकर्मी र उनीहरुबीच झडप भएपछि प्रशासनले उनीहरुको विवरण संकलन शुरु गरेको हो ।

भारतबाट आएका नेपाली जबरजस्ती नेपाल प्रवेश गर्न थालेपछि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा मंगलबार विहान झडप भएको थियो । सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई भने नेपाल भित्रिन दिने तयारी गरिरहेको छ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वको समितिले नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश आउन दिने निर्णय गरेको थियो ।

यसरी आउँदा अलपत्र परेका व्यक्तिले आफू नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र भने पेस गर्नेपर्छ । त्यसैगरी उनीहरूले स्वास्थ्य जाँचपछि मात्रै प्रवेश पाउनेछन् । यसरी नेपाल भित्रिएपछि उनीहरू १४ दिनसम्म सरकारले तोकेको क्वारेन्टाइनमा सुरक्षित रूपमा बस्नुपर्नेछ ।

सरकारले मंगलवार विहानदेखि निषेधाज्ञा(लकडाउन) गरेको छ । तर जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको भएपनि सोमबार साँझसम्म छिर्न दिएको थियो ।

मंगलबार विहान ठूलो संख्यामा आएका नेपालीहरु नका चिर्न खोजेकाले प्रहरी र उनीहरुबीच झडप भएको थियो । त्रिनगर नाकामा झडप भएपछि प्रहरीले करिब १०० जनालाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *