कोरोनाभाइरसः इटलीबाट आयो राहतको खबर

डिसी नेपाल
११ चैत २०७६ १५:०७

काठमाडौं। कोरोनाभाइरसको प्रकोप विश्वभर बढिरहेका बेलाइटलबाट केही राहतको खबर आएको छ । इटलीमा अहिलेसम्म कोरोनाभाइरसबाट ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । तर, पछिल्लो २ दिनमा मृत्यु हुनेको संख्या भने घट्दै गएको छ । यदि अझै थप केही दिन यही क्रम जारी रहेमा इटलीबाट प्रकोप घट्दै गएको विश्वास गर्न सकिनेछ ।

विश्वभरका १९५ देशमा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म ३ लाख ८३ हजार ४४२ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । यीमध्ये करिब १ लाख संक्रमित अस्पतालमा उपचारपछि ठिक भएर घर फर्किएका छन् । १६ हजार ५८५ जनाको मृत्यु भएको छ । इटलीमा मृत्यु हुनेको संख्या विश्वमै सबैभन्दा बढी छ । इटलीमा मृत्यु हुनेको संख्या चीनभन्दा दोब्बर पुग्न लागिसकेको छ ।

इटलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ७७ जनाको मृत्यु भइसकेको छ । समाचार एजेन्सी पीटीआइका अनुसार इटलीमा विगत २ दिनमा मृत्युको क्रम घटेको छ । शनिबार इटलीमा रेकर्ड ७९३ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । यसले विश्वभरी त्रासको वातावरण सृजना गरेको थियो । तर, लगत्तै मृत्युको संख्या घट्दै गएको छ । आइतबार यहाँ मृत्यु हुनेको संख्या घटेर ६५१ भएको थियो चने सोमबार त्यसमा पनि घटेर ६०१ मा झरेको छ ।

यहाँ नयाँ संक्रमितको संख्या पनि क्रमशः घट्न थालेको छ । सोमबार यहाँ ४ हजार ७८९ नयाँ संक्रमित भेटिए । आइतबार भने ६ हजार ५५७ नयाँ संक्रमित थपिएका थिए । मिलानका एक बरिष्ठ मेडिकल अफिसर गियुलिनो गलेराले भने ‘हामी अहिले कोरोनामाथि जीतको घोषणा गर्न सक्दैनौं तर दुई दिनमा संक्रमण कम हुने संकेत देखिएका छन् ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *