जर्मनीमा कोरोना संक्रमित नेपालीको पछिल्लो अवस्था, के भन्छन् उनी ( उनकै आवाजमा अडियो सहित)

डिसी नेपाल
११ चैत २०७६ २३:४३

जर्मनी । जर्मनीको राइनल्याण्ड स्थित माइन्च सहरमा बसोबास गर्ने सुरज सोनार घतानीका परिवार कोरोना संक्रमणको चपेटामा परेको छ ।

जर्मनीको राइनल्याण्डस्थित एक सहरमा बसोबास गर्ने नेपाली परिवारमा कोरोना संक्रमित भएको पुष्टि भएको छ।

मार्च ८ को दिनमा फ्रयांकफर्टमा आयोजित भलिवल खेल खेल्न गएकी ११ बर्षीय छोरी शुरुमा विरामी भएको र त्यसपछि परिवारका अरु ३ सदस्य पनि विरामीमा परेको संक्रमित घतानीले डीसी नेपालसँग बताए । ४३ बर्षीय घतानी सहित ४० बर्षीय उनकी श्रीमती, ११ बर्षीय छोरी र ६ बर्षीय छोरा अहिले घरमै क्वारेन्टाइनमा रहेका छन् ।

संक्रमणको शंका लागेपछि पारीवारिक चिकित्सकसँग सम्पर्क गरेको तर विरामी परेको बेला देखिनै आफै घरमा क्वारेन्टाइनमा बसेकाले अहिले सबैको स्वास्थ्य सुधारउन्मुख रहेको घतानीले बताए ।

रेडक्रस र पारिवारीक चिकित्सकसँगको सल्लाहपछि कोरोना भाइरससँग मिल्ने ९९ प्रतिशत लक्षण देखापरेसँगै आफुहरु घरबाहिर ननिस्केको उनले बताए । एकपटक बीचमा चिकित्सकले औषधी चलाएर गएको तर त्यसपछि खासै चासो नदेखाएकोमा उनको गुनासो थियो ।

यद्यपी उनले हामीसँगको कुुराकानीमा यो अवस्थामा घरमै बस्न सबैलाई अपील समेत गरेका छन् । सुरुका ३ दिनपछि स्वास्थ्यमा निकै समस्या भएको तर अहिले अतिनै सुधार भएको बताएका छन् ।  उनिहरुले आफुहरु निको हुँदै गएको र चिन्ता नगर्न सबै नेपाली समुदायमा आग्रह समेत गरेका छन् ।

विगत १० बर्षदेखि जर्मनीको माइन्चमा बस्दै आएका घतानीको पुख्र्यौली घर भने कास्कीको पोखरा हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *