सरकारले घाेषणा गरेकाे लकडाउनकाे परिवार दलद्वारा स्वागत
काठमाडौं। नेपाल परिवार दलले कोभिड १९ भाइरस नेपालमा पनि देखिएपछि संक्रमण रोक्न लागू गरिएको लकडाउन को स्वागत गरेको छ।
कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि सरकारले भगिरथ प्रयास गरेको पनि उक्त दलले जनाएको छ। लकडाउनको समयमा नागरिकलाई अत्याबश्यक दैनिक उपभोग्य सामाग्रीहरु सहज तरिकाले उपलब्ध गराउन थप प्रयत्न गर्न पनि उक्त दलले माग गरेको छ।
साथै कोभिड -१९ को प्रकोप रहेका सम्भावित व्यक्तिहरुलाई सर्बशुलभ तरिकाले परिक्षण गर्न आबश्यक “परिक्षण किट“ तुरुन्त ल्याउन पनि सरकार संग आग्रह गरेको छ। कोभिड १९ को महामारीसँग जुधी सफलता तर्फ उन्मुख रहेका राष्ट्रहरु कोरिया र चीनको अनुभब नेपालको लागि अनुकरणीय हुने पनि उक्त दलले जनाएको छ।
अध्यक्ष एकनाथ ढकालद्वारा जारी विज्ञप्तिमा‘ हामी मित्र राष्ट्रहरुसँग आबस्यक संयोजन गरी कोभिड १९ बिरुद्ध युद्ध स्तरमा लड्न पनि सरकारलाई अनुरोध गर्दछौं भनिएको छ।
राष्ट्रिय महामारीको समयमा धुमपान तथा मदिरापानको बेचबिखनमा प्रतिबन्ध लगाउन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाइ उचित सेबा सुबिधा उपलब्ध गराउन, संचारकर्मीलाइ समाचार संकलनमा सहज बनाउन, कालाबजारी नियन्त्रण गर्न, मास्क सर्वसुलभ तरिकाले सबै नागरिकलाई उपलब्ध गराउन, सामाजिक संजाल तथा संचार माध्ययमद्वारा जनचेतना फैलाउन, अति बिपन्न तथा श्रमजीबी नागरिकहरुको गासको ब्यबस्था मिलाउन पनि परिवार दलले माग गरेको छ।
कोरोना राहत कोषमा संकलन भएको रकमको प्रभावकारी ढंगबाट जनताको सेवामा तुरुन्त खर्च गर्ने संयन्त्र निर्माण गर्न पनि सरकारलाई आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment