भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय नाघ्यो

Indian police man wearing surgical masks and talk to passangers for aware for coronavirus at screening camp in lakhanpur 92 kms from Jammu, India, Wednesday, March.4, 2020. Rohit Kansal, Jammu and Kashmir Principal Secretary informed that no positive case has been reported and entire administrative machinery, including health machinery is in full alert. "21 suspected cases have been tested so far and no positive case has been reported so far across Jammu and Kashmir.(AP Photo/Channi Anand)


काठमाडौं। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ। बुधबार बेलुकासम्म भारतमा संक्रमितको संख्या ६०६ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार बुधबार बेलुकासम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। बुधबार मध्य प्रदेशमा एकजनाको मृत्यु भएको हो।

भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र र केरल प्रभावित भएका छन्। महाराष्ट्रमा हालसम्म ११२ जना र केरलमा १०५ जना संक्रमित भएका छन्। बुधबार राजधानी दिल्लीमा एक चिकित्सक पनि कोरोना पोजेटिभ भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्ली सरकारको कार्यक्रम मोहल्ला क्लिनिकका चिकित्सक पोजेटिभ भेटिएपछि उनीसँग स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

भारतमा लगातार कोरोना पोजेटिभको संख्या बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेदेखि भारतभर २१ दिनका लागि लकडाउन लागू गरेका छन्।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position