साउदी अरबमा रहेका नेपालीलाई दूतावासको विशेष अनुरोध (सूचना सहित)

डिसी नेपाल
१२ चैत २०७६ २३:०५

काठमाडौं । साउदी सरकारले जारी गरेको आदेशको उल्लघंन गरेको भिडियो सामाजिक सञ्जालमा राखे वा कसैलाई उल्लघंन गर्न प्रोत्साहित गरे ३० लाख जरीवाना र ५ वर्ष कैद हुने गरी मुद्दा चलाउन सक्ने जनाएको छ । साउदी स्थित नेपाली दूतावासले बुधबार एक सूचना जारी गर्दै सम्पूर्ण नेपालीमा यस्तो कार्य गर्न वा गराउनबाट टाढै रहन र सजक रहन अनुरोध गरेको छ ।

सूचनामा साउदी अरबमा रहनु भएका सम्पूर्णले   Final Exit Visa वा Exit Visa र re-entry visa लागेका भीसाहरु भएमा अविलम्व रद्द गर्न पनि अनुरोध गरेको छ । सूचनामा भनिएको छ, ‘उक्त भीसाहरु भएमा अविलम्व रद्द (cancel) गरी भीसा अवधि सकिएपछि लाग्न सक्ने जरिवानाबाट वच्न अनुरोध गरेको साउदी प्रेसले जनाएको छ । साउदी अरबले कोरोनाको संक्रमण रोक्ने सावधानी स्वरूप हाल अन्तराष्ट्रिय उडानहरु स्थगित गरेको सन्दर्भमा यो जानकारी सार्वजनिक भएको हो । तसर्थ, आफ्नो राहदानीमा उक्त प्रकारको कुनै छाप लागेको भएमा हेरी ढीला सुस्ती नगरी यहांको आन्तरिक मन्त्रालय (Ministry of Interior) ) को इलेक्ट्रोनिक सेवाको पोर्टल Absher वा Muqeem बाट यो सेवा लिनुहुन अनुरोध छ । कोही कसैलाई यो पोर्टलको प्रयोग गर्न कठीनाइ भएमा सुरक्षित हिसावले यसको ज्ञान भएका आफ्ना साथिभाईलाई अनुरोध गर्नुहुन एवं सो सम्भव नभएमा नेपाली राजदूतावासको हटलाइनको ध्जबतकब्उउ मा आफ्नो विवरण पठाउनुभएमा राजदूतावासले यसमा मद्दत गर्ने व्यहोरा समेत अनुरोध छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *