कोरोना संक्रमित भएकी नेपाली युवतीसँगै कतार एअरवेजबाट नेपाल आएका ३ जना क्वारेन्टाइनमा

डिसी नेपाल
१३ चैत २०७६ ९:२०

काठमाडौँ । कोरोना संक्रमित भएकी नेपाली युवतीसँगै कतार एअरवेजबाट नेपाल आएका बाँकेका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना संक्रमित युवती आएकै विमानमा आएका उनीहरुलाई नेपालगञ्जको महेन्द्र महुमुखी क्याम्पसमा रहेको अस्थायी क्वारेन्टाइनमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकार कुमार बहादुर खड्काले डिसी नेपाललाई बताए । हाल उनीहरुको परिचय गोप्य राखिएको छ ।

यसअघि नेपाल प्रहरीले चैत्र ४ गते कतार एअरवेजबाट नेपाल आएका १२५ जनाको पहिचान गरेको थियो । यसकै आधारमा उनीहरुलई क्वारेन्टाइनमा राखिएको हो । चैत ४ गते कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए।

फ्रान्सबाट कतार हुँदै फर्किएकी १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएकी थिइन्। चैत्र ११ गते युवती कोरोना संक्रमित भएको पुष्टि भएसँगै अन्य यात्रुबारे खोजी शुरु भएको थियो।

नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाडौंमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *