कोरोना भाइरसको उपचार गर्न पाटन अस्पताल तयार

डिसी नेपाल
१३ चैत २०७६ १५:३५

काठमाडौं। कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको छ। पाटनमा तयार कोरोना भाइरसको उपचार गर्न तयार पाटन अस्पतालको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका थिए।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमात्र कोरोना संक्रमणको उपचार हुँदै आएको थियो। सरकारले पाटन अस्पताल र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताललाई पनि कोरोना भाइरसको उपचार गर्ने अस्पतालमा परिणत गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार पाटनमा कोरोनाको उपचार गर्न अस्पताल तयार पारिएको हो। विश्वव्यापी महामारीको रुपमा लिएको कोरोना भाइरस नेपालमा हालसम्म तीन जनामा देखा परेको पुष्टि भएको छ।

तीमध्ये एक जना ठिक भएर फर्किएका छन् भने अन्य दुई जनाको टेकुस्थित अस्पतालमा उपचार भइरहको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *