सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द

डिसी नेपाल
१३ चैत २०७६ १७:२५

राजविराज । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् ।

सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले बताए । राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएका छन् ।

लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने भएकाले पत्रिका प्रकाशन गर्न समस्या भएको हो । पत्रिका प्रकाशन गरे पनि यहाँ पत्रिका बिक्रीवितरण गर्ने मान्छे तयार नभएका कारण प्रकाशन बन्द भएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष यादवले जानकारी दिए ।

साथै राजविराज बजारसहित अधिकांश पसल बन्द भएका कारण ग्राहकसम्म पत्रिका पु¥याउन समस्यासमेत भइरहेको भन्दै पत्रिका प्रकाशन बन्द गरिएको हो । जिल्लाबाट सञ्चालित अनलाइन भने निर्वाध सञ्चालन हुने गरेको पत्रकार महासंघका उपाध्यक्ष यादवले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *