भविष्यकाे बारेमा घरभित्र बसेर सोच्नेबेला आएको छ : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
१३ चैत २०७६ २०:२३

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भविष्यको बारेमा घरभित्र बसेर सोच्ने बेला आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो मार्फत प्रत्यक्ष अभिव्यक्ति दिँदै उनले कोरोनाबारे सचेत रहन सम्पूर्णलाई आव्हान समेत गरेका छन् ।

उनले कोरोना रोकथाम तथा संक्रमण नियन्त्रणको लागि सरकारले गरेको ‘लकडाउन’ स्वागतयोग्य भएको बताएका छन् । ‘लकडाउन’ स्वागतयोग्य भए पनि सरकारले काम गरी खाने समुदायको बारेमा पनि सोच्नु पर्ने तर्फ ध्यानाकर्षण गराएका छन् ।

भारतमा ८० करोड जनतालाई सित्तैमा खान दिनका लागि राहत घोषणा गरेको कुरा स्मरण गर्दै नेपाल सरकारले पनि यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।

उनले भनेका छन, ‘भारतमा ८० करोड जनतालाई सितैमा खान दिनका लागि राहत घोषणा गरेको छ । भारतले जनतालाई बचाउनका लागि ठूलो राहत घोषणा गरेको छ । हामीले पनि हाम्रा जनतालाई बचाउनका लागि राहतका प्याकेज ल्याउन जरुरी छ । सरकारले औपचारिक भन्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकका बारेमा सोच्न जरुरी छ । अनौपचारिक क्षेत्रका श्रमिक जस्को न कार्यालय न नियम डिउटी भएका विहान काम गर्ने बेलुका खाने नागरिकका लागि सरकारले तत्काल सोच्न जरुरी छ । म सरकारले आग्रह गर्न चाहान्छु । सरकार चाहिने भनेको अहिले नै हो ।’

कोरोना महामारीले विश्वमा पु¥याएको क्षेतिको हिसाव गर्न नसकिने बताउदै नेता पौडेलले अवको मानव सभ्यता कतातिर जान्छ भन्ने बारे चिन्तित हुन जरुरी रहेको बताए ।

कोरोनाका कारण नेपाल विगत ३ दिनदेखि ‘लकडाउन’मा छ । अहिलेसम्म ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने एक जना निको भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *