बिहीबार राति नै प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

डिसी नेपाल
१४ चैत २०७६ ८:५५

काठमाडौं। मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको बिहीबार राति अचानक मुटुको धड्कन बढेपछि राति नै अस्पताल भर्ना गरिएको हो।

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले प्रधानमन्त्री ओलीलाई अब्जर्भेसनमा राखिएको छ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा विरलै उपस्थित हुने गरेका छन्। योबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्क राष्ट्रका नेताको भिडियो कन्फ्रेन्समा सहभागी भएका ओलीले मन्त्रिपरिषद बैठकको पनि अध्यक्षता गरेका छन् भने एक पटक राष्ट्रका नाममा सम्वोधन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *